दमौली अस्पताललाई जापानी सहयोग

इनेप्लिज २०७१ फागुन २९ गते ११:५१ मा प्रकाशित

accidentकाठमाडौँ, २९ फागुन । जापान सरकारले तनहुँको दमौली अस्पताललाई रु ९५ करोड ९० लाख ८४५ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

जापानको सहयोगमा उक्त अस्पतालमा नवनिर्मित कक्षलाई आवश्यक पर्ने उपकरणलगायत चिकित्सा सामग्री खरिद गर्न तल्लो तहको मानव सुरक्षा परियोजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षको सहायता योजनाबाट जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो ।

अनुदान सहयोगसम्बन्धी करारपत्रमा जापानी राजदूतवासका आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र उक्त अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा विवेककुमार लालले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा राजदूत ओगावाले थोरै भए पनि दमौली अस्पताललाई सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै त्यसबाट जापान–नेपाल सम्बन्ध सुदृढीकरणमा बल पुग्ने बताउनुभयो ।

प्रतिक्रिया