क्याम्पसमा एक विद्यार्थी एक फूल रोप्ने अभियान
इनेप्लिज
२०७१ फागुन २८ गते ४:४४ मा प्रकाशित
म्याग्दी, २८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले ‘एक विद्यार्थी एक फूल रोप्ने’ अभियान सुरु गरेको छ ।
अनेरास्ववियु म्याग्दी बहुमुखी मूल एकाइ कमिटीको आयोजनामा भएको नृत्य तथा एकल गायन प्रतियोगिताको अवसरमा अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश पौडेलले उक्त अभियानको फूल रोपण गरी उद्घाटन गर्नुभयो ।
“हाल क्याम्पस रहेको स्थानलाई फूलबारीको रुपमा चिनिँदै आएको छ, यहाँको वातावरणलाई स्वच्छ र सुन्दर बनाउँदै वास्तविक फूलबारी बनाउन अभियान सुरु गरेका हौँ” अध्यक्ष पौडेलले भन्नुभयो ।
अभियानअन्तर्गत आगामी जेठ महिनाभित्रै विभिन्न प्रजातिका एक हजार १०० भन्दा बढी फूल क्याम्पस परिसरमा रोपण गर्ने योजना छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया