महाकाली–मेची पहिचान यात्रा
इनेप्लिज
२०७१ फागुन २८ गते ४:३४ मा प्रकाशित
भीमदत्तनगर, २८ फागुन । पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानका लागि आदिवासी जनजाति महासङ्घ आन्दोलन परिचालन समितिले बुधबारबाट मेची–महाकाली पहिचान यात्रा सुरु गरेकोे छ ।
आन्दोलन परिचालन समितिका प्रवक्ता डाक्टर ओम गुरुङले आगामी संविधानमा आदिवासीको पहिचान र अधिकार समेट्नका लागि पहिचान यात्रा सुरु गरिएको बताउनुभयो ।
पश्चिमी नाका गड्डाचौकीबाट सुरु भएको पहिचान यात्रामा सङ्घीय समाजवादीका अध्यक्ष अशोक राई, आङकाजी शेर्पा, माओवादी नेता सुरेश आलेमगरलगायतको सहभागिता रहेको छ ।
आन्दोलन परिचालन समितिले महाकालीको गड्डाचौकी र पूर्वको काँकडभित्ताबाट एकै साथ पहिचान यात्रा सुरु गरेको हो । पहिचान यात्राका क्रममा विभिन्न जिल्लामा सभा गर्दै चैत ७ गते काठमाडौँ पुगेर समापन गरिने समितिले जनाएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया