अनेरास्ववियुद्वारा पाँच उमाविमा स्वाइन फ्लु सचेतना
इनेप्लिज
२०७१ फागुन २८ गते ४:३२ मा प्रकाशित
इलाम, २८ फागुन । स्वाइन फ्लु भित्रन नदिन सीमा क्षेत्रअन्तर्गत पाँच वटा उच्च माविमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सचेतना कक्षा सञ्चालन गरेको छ ।
खुल्ला सिमानाका कारण इलाम पनि जोखिमपूर्ण भएकाले सचेतना अपनाउन अनेरास्ववियुले सूर्याेदय नगरपालिकास्थित करफोक, फिक्कल, कृष्णाश्रम, कोल्बुङको शान्ति निकेतन र पशुपतिनगरको बौद्यधाम उमाविमा शिक्षक र विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गरेको हो ।
शिक्षक तथा विद्यार्थीलाई स्वाइन फ्लु के हो ?, यसका लक्षण, कसरी सर्ने तरिका, बच्ने उपाय, जोखिम, उपचार पद्धतिलगायतका विषयमा जानकारी गराइएको छ ।
विभिन्न विद्यालयका एक हजार ५०० भन्दा बढी विद्यार्थी, शिक्षकलाई सचेतना गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया