स्थानीयकै सक्रियतामा मोटरबाटो निर्माण

इनेप्लिज २०७१ फागुन २८ गते १:३२ मा प्रकाशित

300px-Panchthar_district_locationपाँचथर, २८ फागुन । स्थानीय बासिन्दाको सक्रियतामा पाँचथरको याङ्नाम– १ स्थित रुपनारायण गोलाई चोकबाट पच्चीसे जोड्ने अढाइ किलोमिटर लामो मोटरबाटो निर्माण गरिएको छ ।

स्थानीयबाटै चन्दा सङ्कलन तथा श्रमदानबाट रु १२ लाख तथा पाँचथर हाइड्रो पावर कम्पनीबाट रु ६ लाख, गाउँ विकास समिति याङ्नामबाट रु चार लाख ५२ हजार गरी रु २२ लाख ५२ हजारमा उक्त मोटरबाटो निर्माण गरिएको हो ।

अब पच्चीसे जोड्नलाई डेढ किलोमिटर मात्रै बाँकी रहेको मोटरबाटो निर्माण उपभोक्ता समितिले जनाएको छ । बाँकी मोटरबाटो जोड्नका लागि सडक विभागबाट रु तीन लाख र गाविसबाट रु डेढ लाख विनियोजन भएको छ ।

उक्त मोटरबाटो जोड्ने हो भने त्यस ठाउँको ढुङ्गा गिट्टी तथा बालुवा सदरमुकाम फिदिम लैजान सकिने स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया