बलात्कारको अभियोगमा एक युवकलाई दश वर्ष कैद र २० हजार क्षतिपूर्ति
इनेप्लिज
२०७१ फागुन २७ गते ५:२९ मा प्रकाशित
इलाम, २७ फागुन । एघार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले मङ्गलबार १० वर्ष कैद सजाय रु २० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलामको सिद्धिथुम्का–१ का १७ वर्षीय मनबहादुर सिञ्जाली (मगर) लाई सो फैसला सुनाएको हो ।
विसं २०६८ साउन ३० गते बालिकालाई बलात्कार गरी फरार रहेका सिञ्जालीलाई फागुन ११ गते प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जमुना–४ का ५२ वर्षीय पूर्णबहादुर सावाँलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।
गएको शुक्रबार आफ्नै घरमा सुतिरहेकी ती युवतीलाई बलात्कार गर्ने सावाँलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया