बिना शल्यक्रिया पन्ध्र हजारको ढुङ्गा निकालिएको दाबी
पथरी (मोरङ), २७ फागुन । मोरङ सिसवनी जहदाकी ३७ वर्षीया पारोदेवी मण्डलले निःशुल्करुपमा मुखले चुसेरै अहिलेसम्म हजारौँ पथरका बिरामीको ढुङ्गा निकालिसकेको दाबी गर्नुभएको छ ।
हप्ताको प्रत्येक मङ्गलबार र बिहीबार पथरका बिरामीलाई लस्करै आँगनमा पूर्वपश्चिम फर्काएर सुताउनुहुन्छ र पालैपालो पेटभित्रको ढुङ्गा मुखले चुस्दै निकाल्ने गरेको ढुङ्गा निकालिएका विराटनगर–१३ तीनटोलीयका सञ्जय शर्माले बताउनुभयो । मङ्गलबारै चमत्कारिक शक्तिबाट पारोदेवीले आफ्नो पेटभित्र रहेको पाँच एमएमको ढुङ्गा निकालेको शर्माले जानकारी दिनुभयो ।
स्थानीय सञ्चारकर्मी दिलीप सिंहका अनुसार गत साउनदेखि अहिलेसम्म झन्डै १५ हजार सर्वसाधारणको पेटको ढुङ्गा निकालिएको पारोदेवीको दाबी छ ।
दैविक शक्तिको आर्शिवादका कारण आफूभित्र त्यस्तो चमत्कारिक शक्तिको विकास भएको पारोदेवीको भनाइ छ । बिरामीको पत्थर निकाल्नु पूर्व पारोदेवीले आफ्नो आँगनमा भगवान् शिवको भजनकीर्तन र पूजाआराधना गर्नुहुन्छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
प्रतिक्रिया