शान्तिदूत अभियान सुरु गर्ने
ललितपुर, २७ फागुन । किशोरकिशोरीमार्फत समाजमा घट्ने गरेका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले ललितपुर ट्राफिक प्रहरीले शान्तिदूत अभियान सुरु गर्ने भएको छ ।
यस अभियानका लागि ललितपुर ट्राफिक प्रहरीको अगुवाइमा मङ्गलबार लगनखेल, मङ्गलबजार, पुल्चोक हुँदै जावलाखेलसम्म र्यालीको आयोजना गरेको थियो ।
एक हजार ५०० जनाको सहभागी रहेको उक्त ¥यालीमा विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा र प्रहरीको सहभागिता रहेको थियो ।
अहिले सुरुको अवस्था भएकाले ललितपुरको १० वटा निजी र २० वटा सरकारी विद्यालयबाट दुई दुई जना विद्यार्थी छान्ने प्रहरी निरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।
उहाँका अनुसार छानेको विद्यार्थीलाई तालिम सुरु गरिने छ । तालिमपछि तुरुन्त यो अभियान सुरु गरिने छ । छानेको विद्यार्थीको नाम शान्तिदूत राखिने र छनोटमा परेकाबाट अन्य विद्यार्थीलाई अपराधी नियन्त्रणसम्बन्धी ज्ञान सिकाइने छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया