मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २०:१४
वासिङटन डिसी 10:29

राँगाको आक्रमणबाट मृत्यु

इनेप्लिज २०७१ फागुन १६ गते ७:३४ मा प्रकाशित

buffalo-275x300सप्तरी, १६ फागुन । देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ ।

यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए । राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आज बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया