विराटनगरमा भारतीय नकावधारीबाट उद्योगपतिमाथि गोली प्रहार
इनेप्लिज
२०७१ फागुन १५ गते १६:४७ मा प्रकाशित
विराटनगर, १५ फागुन । विराटनगरको त्रिमूर्तिचोकमा शुक्रबार साँझ उद्योगपतिमाथि गोली प्रहार भएको छ ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका दुईजना नकावधारीले शुक्रबार साँझ सवा ६ बजे उद्योगपति गोविन्द खतिवडामाथि गोली प्रहार गरेको हो । उहाँमाथि दुई राउण्ड गोली प्रहार भएको थियो । ६० बर्षीय खतिवडाको देबे्र तिघ्रा र दाहिने हातमा गोली लागेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
गम्भीर घाइते खतिवडालाई विराटनगर नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको छ । उहाँ खतरामुक्त हुनुभएको बताइएको छ । विराटनगर बजारलगायतका क्षेत्रमा प्रहरीले गोली हान्ने अपराधीहरुको खोजी कार्य तीब्र पारेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया