ललितपुर, १५ फागुन । रातो मछिन्द्रनाथको रथ बनाउने काम अत्यन्तै जोखिमपूर्ण रहेको भएपनि बिमाको व्यवस्था नहुनु दुःखको कुरो भएको रथ निर्माणकर्मीहरुले गुनासो गरेका छन् ।
“ रथ निर्माणको कार्य अन्य कामभन्दा अत्यन्तै जोखिमपूर्ण मानिन्छ यस्तो जोखिमपूर्ण कार्य गर्न पनि बिमाको व्यवस्था नहुनु दुखको कुरो हो” रथ निर्माणको काम गर्ने टोलीका नाइके दीलकुमार बारहीले भन्नुभयो ।
उहाँका अनुसार ३२ हात लामो रथ निर्माणको काम गर्नु एकदमै जोखिमपूर्ण रहेको छ । जोखिमपूर्ण भएपनि दरबन्दीमा भएका २४ जनालाई मात्र गुठी संस्थान ललितपुरले बिमा गर्ने भनेको छ, रथ निर्माणका लागि ५० जनाको आवश्यक पर्दछ, सहभागी सबैको बिमा गर्नुपर्ने निर्माणमा सहभागी बारहीहरुले माग गर्दै आएका छन् ।
आगामी वर्ष १२ वर्षको मेला परेकाले रथ निर्माणको सबै काम नयाँ गर्नुपर्नेछ । ठीक समयमा काठ आउने र विद्युत्को समस्या नपरेको भए अहिलेसम्ममा ७० प्रतिशत काम सकिइसक्नुपर्ने थियो ।
खट, धमा, र पाङ्ग्रा निर्माणको काम आगामी चैत २२ गतेसम्ममा सकिसक्ने र २३ गतेबाट रथ निर्माण गर्न सुरु गरिनेछ ।
प्रतिक्रिया