बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ००:३९
वासिङटन डिसी 14:54

छतबाट लडेर बालकको मृत्यु

इनेप्लिज २०७१ फागुन १५ गते ४:५८ मा प्रकाशित

parsa_Map_521940913वीरगन्ज (पर्सा), १५ फागुन । घरको छतबाट लडेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा निधन भएको छ ।

बारा कलैयामा बिहीबार दिउँसो घरको छतबाट लडेर एक बालकको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । कलैया नगरपालिका–१२ का प्रदीप चौधरीका ९ वर्षीय छोरा पल्टुको छतबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजमा ल्याइएकामा उनको उपचारकै क्रममा मृत्यु भएको कलेजले जनाएको छ । रासस

प्रतिक्रिया