नक्कली प्रमाण पत्रधारी कर्मचारीविरुद्ध आरोपपत्र
इनेप्लिज
२०७१ फागुन १३ गते १४:०९ मा प्रकाशित
काठमाडौँ, १३ फागुन । तत्कालीन पश्चिमाञ्चल ग्रामिण विकास बैंकका कर्मचारी हरिश्चन्द्र गौतमले बढुवा प्रयोजनका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आरोप पत्र दायर गरेको छ ।
हाल नेपाल ग्रामिण विकास वैंक शाखा कार्यालय वासमढी रुपन्देहीमा सहायक अधिकृत पदमा कार्यरत गौतमले पेस गरेको त्रिभुवन विश्वविद्यालयबाट स्नातक उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएकाले उनीमाथि हदैसम्मको दण्डसजाय माग गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि सरकारी कर्मचारीहरूले जागिरका लागि तथा बढुवाका लागि पेस गर्ने नक्कली प्रमाणपत्र भारतका विभिन्न विश्वविद्यालयका नामका भेटिएका थिए यस घटनामा भने नेपाल कै शैक्षिक प्रमाणपत्रसमेत नक्कली भेटिएको हो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया