विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै
बाँके (खजुरा), १३ फागुन । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन ।
केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् ।
जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमुलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह गठन गरी व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन ।
आर्थिकस्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो छ । बचत पनि गर्न सफल भएको पर्वत महिला लघुउद्यम समूहकी कलावती केवटले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–१७ बुलबुलियाकी सोनी केवट चार जना छोराछोरीलाई च्याउखेतीबाट आर्जन गरेको कमाईले पढाउँदै आएको बताउनुहुन्छ ।
‘‘श्रीमान्ले मजदुरीले छोराछोरीको शुल्क तिर्नं धौ धौ परिरहेको थियो’’ उहाँले भन्नुभयो । च्याउखेती सुरु गरेपछि उहाँले अहिले सबैलाई सहजै पढाउन सक्नुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय र जिल्ला लघु उद्यम समूहले बीउ, ड्रम तथा प्राविधिक सहयोग गरेपछि विपन्न समुदाय च्याउ खेतीतर्फ आकर्षित भएको हो । उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेशामा लगाउन यो वर्ष मात्र झन्डै रु दुई करोड लगानी गर्दैछ । त्यसमध्ये च्याउखेतीका लागि ४८ जना युवालाई छनौट गरी रु १६ लाख रकम वितरणको तयारी गरेको कार्यालयले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया