नयाँ जहाजको दिल्ली उडान स्थगित
काठमाडौँ, १३ फागुन । नेपाल वायुसेवा निगमको नयाँ जहाज आजदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए तापनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ ।
नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गर्ने तयारी गरेको तर अनुमति आइनसकेको हुनाले स्थगित हुन गएको हो ।
निगमका प्रवक्ता रामहरि शर्माले भारतीय उडान अनुमति आउन बाँकी भएकाले आजको उडान स्थगित गरिएको र बेलुकासम्म अनुमति आउने बताउनुभयो ।
भारतीय पक्षबाट उडान अनुमति प्राप्त भएपछि आगामी शुक्रबारदेखि उडान सुरु गरिने जानकारी उहाँले दिनुभयो ।
निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज (सगरमाथा) नेपाल भित्र्याएको थियो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया