शिविरमा घरेलु रक्सी नष्ट
इनेप्लिज
२०७१ फागुन १२ गते ४:३३ मा प्रकाशित
दमक, १२ फागुन । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगीमा सशस्त्र प्रहरीले बरामद गरेको ठूलो परिणामको घरेलु रक्सी हिजो सार्वजनिक रुपमा नष्ट गरेको छ ।
शिविरभित्र अवैध रुपले लैजाँदा गरेको अवस्थामा बरामद गरिएका १२५ लिटर घरेलु रक्सी सामाजिक तथा सङ्घसंस्थाका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेले जानकारी दिनुभयो ।
शिविरभित्र मदिराजन्य वस्तुको ओसारपसारमा प्रहरीले कडाइ गर्न थालेपछि यस्ता रक्सी बरामद गरिने क्रम बढेको उहाँले बताउनुभयो ।
यसैगरी नवनिर्वाचित शिविर व्यवस्थापन समितिले शिविर क्षेत्रभित्र सुरक्षा तथा सरसफाइमा विशेष ध्यान दिन सचेतना गोष्ठी सुरु गरेको छ । नयाँ कार्यसमिति नागरिकसँग परिचय गर्दै सुरक्षा, आगलागी र सरसफाइमा सबैले जोड दिनुपर्नेमा सचेत गराउँदै आएको शिविर सचिव सञ्चहाङ सुब्बाले बताउनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया