रेडपान्डासहित दुईजना पक्राउ
इनेप्लिज
२०७१ फागुन १२ गते ४:३१ मा प्रकाशित
जुम्ला, १२ फागुन । जिल्ला प्रहरी कार्यालय जुम्लाले मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरेको छ ।
सदरमुकामदेखि करिब आठ किलोमिटर दूरीमा रहेको प्रहरी चौकी हाकुले सदरमुकामबाट नाग्मातिर जाँदै गरेको बसमा हिजो जाँच गर्ने क्रममा मरेको रेडपान्डासहित दुईजनालाई पक्राउ गरिएको हो । पक्राउ हुनेमा मालिकाठाटा गाविस–४ का ४० वर्षीय सार्की बोहोरा र दैलेख घर भई हाल जुम्ला चन्दननाथ नगरपालिका–७ मा कवाडी पसल गर्दै आएका ४६ वर्षीय भरतबहादुर शाही रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि शङ्का लागेर झोला खानतलासी गर्दा मरेको रेडपान्डा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला वन कार्यालय जुम्लामा बुझाइएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया