तानसेन नगर क्षेत्रलाई शून्य फोहर बनाउने अभियान
पाल्पा, १२ फागुन । तानसेन नगरपालिकाले तीन वर्षभित्र नगर क्षेत्रलाई शून्य फोहर बनाउने अभियान थालेको छ ।
तानसेन नगरपालिकाभित्रबाट निस्कने फोहरलाई शून्य उन्मुख फोहर व्यवस्थापन गर्नका लागि फोहोरलाई मोहरमा बदल्ने गरी कार्यसम्पादन अघि बढाएको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द लामगादे बताउनुहुन्छ ।
फोहर व्यवस्थापनमा सहज ल्याउन नगरपालिकाले प्रत्येक हप्ता दुई दिन कुहिने फोहर, दुई दिन नकुहिने फोहर र सिसाजन्य फोहर उठाउने गरेको छ । जसका कारण नगरबाट उत्पादित कुहिने फोहरलाई कम्पोस्ट मल, नकुहिने फोहरलाई समेत पुनः प्रयोगमा ल्याउने गरी प्रयत्न गरेको अधिकृत लामगादेले भन्नुभयो ।
तानसेन नगरपालिकाबाट पहिला ६ टन फोहर उत्पादन हुँदै आएकामा अहिले तीन टन मात्र फोहर उत्पादन हुँदै आएको तानसेन नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत विष्णु पौडेलले बताउनुहुन्छ । तानसेन नगरपालिकाभित्र बर्सेनि ठूलो सङ्ख्यामा बस्ती विस्तार हुँदै जानु र तानसेन नगरपालिकासँग बजेट तथा फोहर व्यवस्थापन गर्ने कर्मचारीको अभावका कारण बर्सेनि फोहर व्यवस्थापनमा चुनौती रहँदै आएको नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिकाले पत्रकारसम्मेलन गरी नगरलार्ई शून्य उन्मुख फोहर बनाउन आइतबारदेखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । शून्य उन्मुख फोहर व्यवस्थापन सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वडास्तरमा अन्तक्रिया, रेडियो, टेलिभिजनमा संवाद कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, फोहर वस्तुको पुनः प्रयोग, फोहर मोहर आम्दानी गरेका उद्यमी, अन्तिम दिन फागुन १५ गते तानसेन नगरपालिकामा र्याली हुने जानकारी नगरपालिकाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत विष्णु पौडेलले दिनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया