गोरखाका पाँच विद्यालयलाई कम्प्युटर वितरण
इनेप्लिज
२०७१ फागुन ९ गते १:२९ मा प्रकाशित
गोरखा, ९ फागुन । । गोरखाको विभिन्न पाँच विद्यालयलाई ट्रन स्ट्रोन फाउन्डेसन युएसएले कम्प्युटर वितरण गरेको छ ।
हेल्पिङ ह्यान्ड फर हिमालयन पिपुल अभियानअन्तर्गत जिल्लाको क्षेत्र नं ३ को मसेल क्षेत्रका विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो ।
‘एक विद्यालय एक कम्प्युटर’ नाराका साथ उक्त संस्थाले बगुवा गाविसको दुधकन्या प्रावि, मसेलको दुल्लभ उमावि र दुल्लभ क्याम्पस, तान्द्राङको सरस्वति प्रावि, मसेलको विन्द्रावती उमाविलाई एक÷एक थान कम्प्युटर हस्तान्तरण गरेको कार्यक्रम संयोजक मसेल–७ का निमप्रसाद भट्टले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरसम्बन्धी ज्ञान दिने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
प्रतिक्रिया