विमानस्थलको क्षमता विस्तारको योजना स्वीकृत भएको छैन्
विराटनगर, ८ फागुन । विराटनगर विमानस्थलको क्षमता विस्तारका लागि सरकारले बजेट छु्याए पनि योजना स्वीकृत हुन सकेको छैन् ।
योजना स्वीकृत नभएपछि विमानस्थलको क्षमता विस्तारको सम्भावना क्षीण हुँदै गएको छ । नेपाल नागरिक उड्डयन कार्यालय, विराटनगरले योजना स्वीकृतका लागि आफ्नो प्रधान कार्यालयमा पठाइएका योजना अझैँसम्म स्वीकृत नभएकाले क्षमता विस्तारको सम्भावना क्षीण बन्दै गएको हो ।
विमानस्थलको क्षमता विस्तारका लागि चालु आर्थिक वर्षमा सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको नेपाल उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुधीर चौधरीले जानकारी गराउनुभएको छ ।
विमानस्थलमा तत्काल एप्रोन विस्तार, ट्रमिनल भवनको विस्तार र हेलिप्याड निर्माणका लागि प्रधान कार्यालयमा पत्राचार गरिएको भए पनि अहिलेसम्म कुनै जानकारी नआएको उहाँले बताउनुभयो ।
योजना स्वीकृत भएपछि रकम विनियोजन भएको अवस्थामा काम गर्न अत्यधिक समय रहन्छ । यहाँ रकम पहिले नै विनियोजन भएको छ । तर योजना अहिलेसम्म स्वीकृत नभएको अवस्था छ ।
योजना स्वीकृत हुन ढिला हुँदै गएपछि विराटनगर विमानस्थलका लागि छुट्याएको रकम फ्रिज हुने चिन्ता व्यक्त गर्न थालिएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया