दुर्घटनामा एकको मृत्यु, एक घाइते
रत्ननगर (चितवन), ८ फागुन । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत दारेचोक–४ मा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिन जाँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना४ख ३००० नम्बरको ट्रिपर एकआसपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रिपरका चालक मकवानपुर हाँडीखोलाका २४ वर्षीय प्रकाश सुनारको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज बिहान १ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा राति ३ बजे मृत्युभएको प्रहरीले जनाएको छ । ट्रिपरमा सवार अर्का घाइते मकवानपुर हाँडीखोला–१ का हरिचन्द्र घिमिरेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया