बलात्कारको आरोपमा छजनामाथि मुद्दा दायर
भीमदत्तनगर, ८ फागुन । कञ्चनपुरको पुनर्वासमा ६ दिनअघि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले छजनामाथि मुद्दा दायर गरेको छ ।
पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छजनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा मुख्य दोषी देखिएका गोविन्द रानासहित छजनालाई मुद्दा दायरपश्चात् थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताउनुभयो । विवाहमा स्थानीय २० वर्षीया राना समुदायकी युवतीलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका पनि सबै राना थारू समुदायकै हुन् ।
पीडित महिलाले आफूलाई एकजनाले जबर्जस्ती उखुबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् । तर प्रहरीले बाजा बजाउने टोलीका तीन सदस्यबाहेक अन्य कुनै न कुनै रुपमा दोषी देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ । महिलाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रतिक्रिया