शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं १६:२०
वासिङटन डिसी 06:35

सहमतिमा संविधान आउनु पर्छ: डा. भट्टराई

इनेप्लिज २०७१ फागुन ७ गते १४:५२ मा प्रकाशित

pm_baburam-bhattaraiपरासी, ७ फागुन । एनेकपा (माओवादी)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले काँग्रेस र एमालेको नेतृत्वमा २०४७ सालको संविधान नयाँ ढङ्गले थोपर्न खोजिएको आरोप लगाउनुभएको छ ।

आज नवलपरासीमा पत्रकारसँग कुरा गर्दै डा भट्टराईले सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिँदै सहमतिका लागि दबाब दिन आगामी फागुन १६ गतेपछि चरणबद्ध आन्दोलनमा उत्रिने बताउनुभयो ।

उहाँले नेपालमा बसोबास गर्ने मधेसी, दलित, जनजाति, धर्मसंस्कृत, भाषभाषी, महिलालगायतको अधिकार सुनिश्चित हुने खालको नयाँ संविधान आउनुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया