बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०८:४०
वासिङटन डिसी 22:55

लामो समयसम्म संविधानसभा स्थगित गर्न हुन्न: अध्यक्ष विजुक्छे

इनेप्लिज २०७१ फागुन ७ गते १४:३७ मा प्रकाशित

narayan-man-Bijukcheभक्तपुर, ७ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लामो समयसम्म संविधानसभा स्थगित गर्न नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लव भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यसले संविधान निर्माण कार्य नै ओझेलमा पर्ने बताउनुभयो ।

उहाँले लामो समयसम्म संविधानसभा स्थगित हुँदा एकातिर मुख्य काम ओझेलमा पर्ने र अर्कोतर्फ प्रतिपक्ष दललाई आन्दोलन गर्ने थप स्थान एवम् समय दिने भएकाले सचेत रहँदै संविधानसभालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सत्तामा गएका नेपाली काँगे्रस, एनेकपा माओवादी र मधेसवादी दलहरू पार्टीगत स्वार्थमा केन्द्रित बनेर राष्ट्रिय एजेन्डामा केन्द्रित नबन्दा संविधान आउन नसकेको जिकिर गर्दै बिजुक्छेले राष्ट्रपतिको भूमिका निकै सन्तोषजनक रहेको बताउनुभयो ।

प्रतिक्रिया