पहिलो प्राथमिकतामा जलविद्युत्: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७१ फागुन ६ गते १३:५२ मा प्रकाशित

prakash-man-singhसल्लेरी (सोलुुखुम्बु), ६ फागुन । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकारको पहिलो प्राथमिकता लघुजलविद्युत् क्षेत्रको विकास रहेको बताउनुभएको छ ।

सल्लेरी च्याल्सा विद्युत् कम्पनीको २७३ किलोवाट क्षमताको नयाँ विद्युत् केन्द्रको आज उद्घाटन गर्दै उपप्रधान मन्त्री सिंहले सोलुखुम्बुको जलविद्युत् विकासका लागि सरकारले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्विस राजदूत डा उस हेरेनले सोलुखुम्बु जिल्लावासीको मागलाई ध्यानमा राखेर आयोजनालाई सहयोग पु¥याएको बताउनु भयोे । हाल सोलुखुम्बु जिल्लामा सल्लेरी च्याल्सा विद्युत् कम्पनीबाट एक हजार ५०० घरधुरी लाभान्वित छन् ।

प्रतिक्रिया