सुन्तला उत्पादन १५ प्रतिशतले घट्यो
इलाम, ६ फागुन । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन घटेको छ ।
जिल्लामा गत वर्षको तुलनामा १४ दशमलव ९६ प्रतिशतले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको ३१० हेक्टर क्षेत्रफलबाट तीन हजार ५०३ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आव २०७०÷७१ मा इलाममा ३०० हेक्टर क्षेत्रफलमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
रोगले पुराना बोट सुक्दै गएपछि सुन्तला उत्पादनमा ह्रास आएको कार्यालयका प्राविधिक सहायक उद्धव पौडेलले बताउनुभयो । जरा सुक्ने (रुडरङ), क्याकुर, डिक्याव जस्ता रोगले सुन्तलाको बोट मर्न थालेको छ । सुन्तलाको पकेट क्षेत्र मानिएको सुम्वेक, सोयाक, नामसालिङ, बरबोटेलगायत गाविसमा बोटको टुप्पो सुक्ने रोग देखापरेकाले उत्पादन घटेको हुन सक्ने प्राविधिक पौडेलको अनुमान छ ।
बोट मर्न थालेपछि किसान निराश भएका छन् । जिल्ला कृषि विकास कार्यालय इलामले बर्सेनि सुन्तलाको बिरुवा उपलब्ध गराए पनि उत्पादनमा ह्रास आएको छ । गत वर्ष कार्यालयले एक हजार हेक्टर क्षेत्रफलका लागि तीन हजार सुन्तलाका बिरुवा वितरण गरेको जनाएको छ ।
यस वर्ष एक हजार ५०० बिरुवा वितरण गरिएको छ । जिल्लामा उत्पादन भएको ७५ प्रतिशत सुन्तला झापातर्फ र बाँकी जिल्लामा नै खपत हुने कार्यालयले जनाएको छ ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया