बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २०:३२
वासिङटन डिसी 10:47

प्रहरीद्वारा भारी मात्रामा लागुऔषधसहित एक पक्राउ

इनेप्लिज २०७१ फागुन ६ गते ४:०५ मा प्रकाशित

pakraauवीरगन्ज (पर्सा), ६ फागुन । पर्सा प्रहरीले गएराति लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषध ल्याउँदै गरेको अवस्थामा बाराको कलैया नगरपालिका–३ का २५ वर्षीय युवक जीतेन्द्रराम चमारलाई पक्राउ गरेको हो ।

गएराति ना१ज २००५ नम्बरको टाटासुमोमा राखेर नेपाल भित्र्याइरहेको अवस्थामा लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो । उनलाई प्रहरी हिरासतमा नै राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया