छिमेकीको कुटाइबाट मृत्यु
लुम्बिनी (रुपन्देही) ५ फागुन । रुपन्देहीको सूर्यपुरा–७ का ६९ वर्षीय बद्री कलवारको छिमेकीको कुटाइबाट मृत्यु भएको छ । खेतमा घाँस काटेको विषयमा भएको विवादपछि कुटपिट हुँदा कलवारको मृत्यु भएको प्रहरीले बताएको छ ।
स्थानीय शम्भु बराई र उनकी श्रीमती सङ्गीताले कलवारलाई सोमबार साँझ कुटपिट गरेका थिए । कुटपिटबाट घाइते कलवारको अस्पताल लैजादालैजाँदै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि शम्भु फरार छन् ।
उनकी श्रीमती सङ्गीतालाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी प्रमुख नरेश्वर अर्यालले जानकारी दिनुभयो ।
शम्भु र सङ्गीताका १० वर्षीय छोरा विशाल र कलवारबीच सोमबार दिउँसो घास काट्ने क्रममा खेतमा झगडा भएको थियो ।
आफ्नो छोरालाई गाली गरेको भन्दै उनीहरुले ६९ वर्षीय कलवारलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट मृत्यु भएका कलवारको शव परीक्षणका लागि भैरहवाको भीम अस्पतालमा राखिएको छ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया