सहमति सँगसँगै संविधान निर्माण प्रक्रिया पनि अघि बढ्छ: देउवा
इलाम, ५ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान निर्माणका लागि सुरु भएको बहुमतीय प्रक्रिया नरोकिने बताउनुभएको छ ।
आन्दोलनरत दलसँग वार्ता र संविधान निर्माणको प्रक्रिया सँगसँगै अघि बढ्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेस जिल्ला कार्य समिति इलामले आज इलाममा आयोजना गरेको कार्यकर्ता भेटघाटको अवसरमा बोल्दै देउवाले वार्ता र प्रक्रियासँगै अघि बढ्ने बताउनुभएको हो । वार्ता सँगसँगै प्रक्रिया पनि अघि बढ्छ, उहाँले भन्नुभयो, “नेपाली काँग्रेस सहमतिमै संविधान बनोस् भन्ने चाहन्छ ।”
प्रश्नावली समिति खारेज नहुने पनि उहाँको भनाइ छ । एमाओवादीले भनेजस्तो प्रश्नावली समिति खारेज हुँदैन, सहमतिका लागि केही दिन संविधानसभा स्थगन मात्र भएको हो उहाँले भन्नुभयो । एनेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले घुर्की लगाइरहेको आरोप पनि उहाँले लगाउनुभयो ।
देउवाले प्रधानमन्त्री सुशील कोइरालाले ३० दलीय मोर्चालाई वार्तामा बोलाइसकेको भन्दै मोर्चालाई वार्तामा आउनसमेत आग्रह गर्नुभयो । वार्तामा नआए अब धेरै दिन पर्खेर बस्न नसकिने उहाँले बताउनुभयो ।
आफ्नै पार्टीको नेतृत्वमा नयाँ संविधान जारी हुने उहाँले कार्यकर्तालाई बताउनुभयो । अहिलेकै सरकारले संविधान बनाउँछ, उहाँले भन्नुभयो ।
देउवाले संविधान निर्माणका लागि आफ्नो पार्टी हदैसम्म लचिलो हुन तयार रहेको बताउँदै मोर्चालाई वार्तामा बोलाउँदा समेत वार्तामा नआउनु दुःखको कुरा हो, भन्नुभयो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया