जनादेशलाई आत्मसात गरी सहमतिमा आउनुस्: मन्त्री रिजाल
इनेप्लिज
२०७१ फागुन ५ गते १५:०२ मा प्रकाशित
विराटनगर, ५ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जनादेशलाई सम्मान गर्दै प्रतिपक्षलाई सहमतिमा आउन आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुरा गर्दै मन्त्री रिजालले दुई÷चार दिनमा सहमति नभए सहमतिको सम्भावना क्षीण हुने सम्भावना देखिएकाले समयको सदुपयोग गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले देखाइरहनुभएको सदासयतालाई कमजोरी नठान्न पनि विपक्षी दलहरुलाई आग्रह गर्दै उहाँले भन्नुभयो, ‘‘आपूmहरूले भनेकै विषयमा सहमति हुनुपर्ने अडानलाई त्यागी जनादेशलाई आत्मसात गरी सहमतिमा आउनुको विकल्प छैन ।’’
विस्तृत शान्ति सम्झौंताको माध्यमबाट हिंसाको बाटो त्यागेर एमाओवादीलाई राजनीतिकको मूलधारमा ल्याएको उल्लेख गर्दै मन्त्री रिजालले गिरिजाबाबुको जुन बाटोमा हात समातेर ल्याएको सोही बाटोमा हिड्न पनि सुझाव दिनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया