दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा
इनेप्लिज
२०७१ फागुन ४ गते १:५० मा प्रकाशित
जुम्ला, ४ फागुन । जिल्ला पशुसेवा कार्यालय जुम्लाले दुई हजार डोज रेबिजविरुद्धको सुई जुम्लामा भित्र्याएको छ ।
कार्यालयमा उक्त सुईको अभाव भएकाले बहुला कुकुरको बिगबिगीका कारण क्षेत्रीय पशु अन्वेषण प्रयोगशाला सुर्खेतबाट तत्कालै माग गरिएको पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिनुभयो ।
माघ १४ गते छुमचौर गाविसका १० स्थानीयवासीलाई बहुला कुकुरले टोक्दा जिल्ला नै बहुला कुकुरको आङ्कतमा परेको थियो । त्यसबेला जिल्लामा रेबिजविरुद्ध सुई नभएका कारण जनताको भनाइ खानुपरेकोले सुई भित्र्याइएकोे अधिकृत महतले बताउनुभयो ।
उहाँले स्थानीयवासीलाई आफ्ना कुकुर तथा अन्य पशुचौपायालाई रेबिजविरुद्ध सुई लगाउन अनुरोध गर्नुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया