तीन महिनाभित्र संविधान आउँछ: मन्त्री बस्नेत

इनेप्लिज २०७१ फागुन ३ गते १४:१३ मा प्रकाशित

Mahesh_20150204063639भक्तपुर, ३ फागुन । उद्योग मन्त्री महेश बस्नेतले आगामी तीन महिनाभित्र संविधान जारी हुने बताउनुभएको छ ।

आदर्श उच्च माध्यमिक विद्यालय लाय्कू थिमिको स्वर्ण जयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले विपक्षी दलहरुसँग सहमति बन्न नसके पनि प्रक्रियाबाट तीन महिनाभित्र संविधान आउने छ भन्नुभयो ।

सदन र सडकमा आन्दोलन गरेर संविधान नआउने बताउँदै मन्त्री बस्नेतले एमाओवादी नेतृत्वको मोर्चालाई संविधान निर्माण गर्ने सुवर्ण अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।

सोही अवसरमा अक्षय कोष स्थापनाका लागि सोही विद्यालयका २०४४ साल प्रवेशिका समूहको तर्फबाट पूर्व विद्यार्थी एवम् लोकन्थली निवासी अष्टकुमार कवेंले रु दुई लाख विद्यालयलाई प्रदान गर्नुभयो ।

त्यसैगरी, विद्यालयलाई २०४७ समूहले रु ५० हजार, २०४६ समूहले कम्प्युटर र बोर्ड र २०६० समूहले प्रिन्टर र फोटोकपी मेसिन प्रदान गरेका छन् भने २०५५ समूहले ‘शिक्षक भगिरथी स्मृति पुरस्कार’ र ‘हरिप्रसाद स्मृति पुरस्कार’ स्थापना गरेको छ ।

कार्यक्रममा विद्यालयले थिमिको ज्येष्ठ नागरिक चन्द्रबहादुर साँछे श्रेष्ठ र सज्जन माया श्रेष्ठलाई सम्मान गरेको थियो । विद्यालयका पूर्व अध्यक्ष मदनकृष्ण हाडा, नारायणकाजी श्रेष्ठ, कृष्णचरण श्रेष्ठ, तुलसीभक्त श्रेष्ठ, पूर्व प्रधानाध्यापकहरु मोहनबहादुर सिजापति, धु्रवकुमार श्रेष्ठ, श्यामकृष्ण खुम्बु, मदनकृष्ण श्रेष्ठ, मोहनमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी यस विद्यालयबाट प्रवेशिका उतीर्ण गरी विद्यावारिधि गर्ने पूर्व विद्यार्थी त्रिभुवन विश्वविद्यालयका डिन एवम् प्रा डा प्रकाशमान नानीचा श्रेष्ठ, डा माधव रानाभाट, डा प्रदीपकुमार श्रेष्ठ, डा सोनी श्रेष्ठ र डा कमल लामिछानेलाई सम्मान गरिएको थियो ।

त्यस्तै विद्यालयमा निरन्तर रुपमा २५ वर्ष सेवा पु¥याउने विद्यालयका सहप्राचार्य जीवनाथ अधिकारी, शिक्षकहरु किशोरी पोखरेल, देवी केसी, गृहलक्ष्मी जोशी, सहयोगी स्व कृष्णबहादुर बस्नेतलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

प्रतिक्रिया