गैँडा मारेर खाग बेच्ने सार्वजनिक
रत्ननगर (चितवन), ३ फागुन । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करीको अभियोगमा फरार रहेका चितवनका एक व्यक्तिलाई पक्राउपछि सार्वजनिक गरेको छ ।
निकुञ्जले आज पत्रकार सम्मेलन गरी चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई सार्वजनिक गरेको हो ।
पत्रकारसँग प्रजाले आफैँले २० वटा गैँडा मारेर खाग बेचेको, दुईवटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँचवटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको स्वीकार गरेका छन् ।
निकुञ्जका अनुसार विभिन्न १५ वटा मुद्दा लागेपनि उनी २०६० सालदेखि फरार भएका थिए । आरोपी प्रजा मुलुक बाहिर गएको थाहा पाएपछि ‘रेडकर्नर नोटिस’ जारी गरी पक्राउका लागि अन्तर्राष्ट्रियस्तरमा पहल गरिएको थियो ।
उनीविरुद्धका छवटा मुद्दाको फैसलासमेत भएको र हरेक मुद्दामा १५ वर्ष कैद र रु एक लाख जरिवानासमेत तोकिएको छ । खोजतलासका क्रममा अघिल्लो महिना मलेसियामा काम गर्दै गर्दा उनलाई पक्राउ गरी माघ गत २६ गते निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताउनुभयो ।
प्रजा नक्कली नागरिकता बनाई राहदानी निकालेर मलेसियामा बस्दै आएको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । उनले गोरखाबाट भक्तराज गिरीको नाममा नक्कली नागरिकता लिई राहदानी बनाएको पाइएको व्युरोका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनका क्रममा निकुञ्ज विभागका महानिर्देशक टीकाराम अधिकारीले प्रजा पक्राउ परेसँगै निकुञ्जलाई महत्वपूर्ण सफलता मिलेको बताउनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया