झापामा राहदानीबाट झन्डै नौ करोड राजस्व सङ्कलन
इनेप्लिज
२०७१ फागुन ३ गते ११:२४ मा प्रकाशित
भद्रपुर, ३ फागुन । जिल्ला प्रशासन कार्यालय झापाले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म राहदानीबाट रु. आठ करोड ९० लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा १७ हजार २९७ थान राहदानी वितरण भएको लेखापाल मणिकुमार दाहालले जानकारी दिनुभयो ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार चालु आर्थिक वर्षकै माघ महिनामा दुई हजार ९४९ राहदानीवटा राहदानी वितरणबाट रु. एक करोड १० लाख ४० हजार राजस्व सङ्कलन भएको थियो ।
सरदर दिनको ९५ वटा राहदानी वितरण गर्दैआएको यो कार्यालयले साउनदेखि माघसम्ममा आठ हजार २५६ नेपाली नागरिकताको प्रमाणपत्र पनि वितरण गरेको छ ।
इलाका प्रशासन कार्यालय दमकबाट मात्रै दुई हजार ७७ वटा नागरिकता प्रमाणपत्र वितरण भएको नागरिकता फाँटका देवी घिमिरेले जानकारी दिनुभयो ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया