ग्यास नपाएपछि विद्यार्थीको बिजोग
बेनी (म्याग्दी), ३ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोठा भाडामा लिएर बसेका विद्यार्थीहरु खाना पकाउने ग्यास नपाएपछि १३ दिनदेखि चाउचाउ र भुजा खाएर पढ्न बाध्य भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा अवस्थित प्रकाश उच्चमाविमा कक्षा ११ मा अध्ययनरत पुलाचौरकी निशा केसी, विमला अधिकारी र कुहूकी आशा खत्री खाना पकाउने ग्यास सिद्धिएपछि विगत १३ दिनदेखि भुजा र चाउचाउ खाएर बस्न बाध्य भएका हुन् ।
बेनीको मङ्गलाघाटमा टङ्कबहादुर कार्कीको घरमा डेरा गरी बस्ने उनीहरुले यही माघ १८ गतेदेखि ग्यास सकिएर बजारमा साट्न जाँदा नपाएपछि कहिले काँचो चाउचाउ र कहिले भुजा खाएर बस्नुपरेको बताएका छन् ।
“हामी धेरै ठाउँमा गयौँ, समस्या बतायौँ तर कसैले पनि साटिदिएनन्”, विमला अधिकारीले भन्नुभयो, “घरबाट आउन जान सकिँदैन, दाउराबाट पकाएर खाने ठाउँ छैन, साह्रै समस्यामा परेका छौँ ।”
निशा, विमला र आशामात्रै होइन, बजारमा डेरा गरेर बस्ने विद्यार्थी, मजदुर र गाउँबाट छोराछोरीलाई पढाउन कोठा लिएर बसेकाहरु लामो समयदेखि ग्यास अभाव हुँदा समस्यामा परेका छन् । आगो बालेर पकाउन मिल्ने ठाउँ भएकाहरुले दाउराबाट भए पनि पकाएर खाएका छन् तर त्यस्तो ठाउँ नभएकाहरु भने दालमोठ, चिउरा, भुजा र चाउचाउको भरमा गुजारा चलाइरहेका मङ्गलाघाटका व्यापारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया