हिमपातका कारण जनजीवन प्रभावित
सल्लेरी (सोलुुखुम्बु), ३ फागुन । सोलुखुम्बु जिल्लामा एक्कासि मौसम परिवर्तनसँगै बढेको हिमपातका कारण सदरमुकाम सल्लेरी तथा माथिल्लो खुम्बु क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित बन्दै गएको छ ।
जाडोयाम सकिने बेलामा बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको स्थानीयवासीले बताएका छन् ।
बिहानीपख सिमसिम पानी परेपछि चिसो अझ बढेको छ भने हिमपातपछि सल्लेरी आसपासका डाडाँहरु सेताम्मे भएका छन् ।
सल्लेरी वरिपरि पातलो हिउँ परे पनि माथिल्लो खुम्बु र बेनी टाक्सिन्दु रात्नाङ्गे पत्ताले लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
यता पत्तालेमा आधा फिटसम्म हिउँ जमेपछि सवारी आवागमनमा समेत समस्या उत्पन्न भएको यातायात व्यवसायीहरुले जानकारी दिएका छन् ।
चिसो बढ्दै गएपछि जिल्लाभित्रका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, टाइफाइड र निमोनियाका बिरामीको सङ्ख्या बढ्दै गएकोे छ । चिसोका कारण बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया