शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०५:००
वासिङटन डिसी 19:15

मोरङमा आगलागी, पाँच चौपाया र एक मोटरसाइकल जलेर नष्ट

इनेप्लिज २०७१ फागुन ३ गते ७:४८ मा प्रकाशित

aaglaagi

विराटनगर, ३ फागुन । मोरङमा गएराति १० बजे आगलागी हुँदा पाँच चौपायासहित करिब पाँच लाख मूल्यबराबरका सामान जलेर नष्ट भएका छन् ।

राजघाट–६ बस्ने भीमबहादुर राईको ग्वालीमा अचानक आगलागी हुँदा सुँगुर चारवटा, बाछो एउटा र को १५ प ५२९० नम्बरको मोटरसाइकल जल्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीय जनताको सहयोगमा करिब एक घन्टामा नियन्त्रणमा आएको र आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया