पढाइ खर्च जुटाउन गिट्टी कुट्छन् वादी बालबालिका

इनेप्लिज २०७१ फागुन २ गते १४:०१ मा प्रकाशित

Stone_Working

सल्यान, २ फागुन । शारदा नगरपालिका–१ शान्तिनगरमा बस्दै आएकी सीता वादीले गएको वर्ष प्रवेसिका उत्तीर्ण गरिन् । कक्षा ११ मा भर्ना हुन ? तीन हजार नहुँदा उनले एक वर्ष पढाइ छोड्नुप¥यो । पैसाका लागि कुनै विकल्प नभएपछि पढाइ खर्च जुटाउन उनी अहिले गिट्टी कुट्न बाध्य छिन् ।

उनीमात्र नभई वादी समुदायका दर्जन बढी बालबालिका पढाइ खर्च जुटाउन गिट्टी कुट्न थालेका छन् । उनीहरुको पढाइ अनिश्चित भएको छ । विद्यालयमा बुझाउने शुल्क र कापी कलम किन्ने पैसा नभएपछि वादी समुदायका बालबालिका नियमित विद्यालय जान सकेका छैनन् ।

पढ्दापढ्दै छाड्ने मन थिएन तर के गर्नु पैसा नभएपछि भर्ना हुन सकिएन, कलम समाउने हातले अहिले दैनिक ६÷७ घन्टा गिट्टी कुट्दै आएको छु, सीता वादीले भनिन् । दैनिक रु दुई÷तीन सय कमाउन गाह्रो भएकाले अहिलेसम्म पैसा जुटेको छैन, सरासर पढ्न पाएको भए ११ पास गरिहाल्थेँ पैसा भएको भए गिट्टी कुट्ने रहर थिएन, सीताले भनिन् ।

कक्षा १२ पास गरेकी सुनिता थापाले पनि आर्थिक अभाव भएकै कारण माथिल्लो कक्षा पढ्न सकिनन् । उनले भनिन्, पढ्ने इच्छा त थियो तर के गर्नु दिनभरि काम नगरे गुजारा चल्दैन । श्रीमान्ले पनि मजदुरी गर्दै आएको उनले बताइन् ।

शिवजन उमावि शीतलपार्टीमा कक्षा १० मा पढ्दै आएकी ज्योति नेपालीले आफ्नो समस्या उनीहरुको भन्दा फरक नभएको गुनासो गरिन् । ‘‘केही दिन मजदुरी गर्छु र केही दिन विद्यालय जान्छु । त्यो नगरे कापी कलम किन्ने पैसा हँुदैन’’ ज्योतिले भनिन् । पढाइ खर्च जुटाउन उनले गिट्टी कुट्ने, बालुवा चाल्ने, काम गर्दै आएकी छिन् ।

आफूले जस्तो दुःख बालबालिकाले भोग्न नपरोस् भनी पढाउन खोजे पनि मुख्य समस्या आर्थिक अभाव भएको वादी महिला सङ्घर्ष समितिकी केन्द्रीय सदस्य तथा शान्तिनगर निवासी सिर्जना वादीले बताइन् ।

वादी समुदायको पुख्र्यौली पेसा माछा मार्ने, मादल बनाउने सबै हराइसक्यो । आयआर्जन गर्ने माध्यम केही छैन । के गर्नु गाह्रो छ । मजदुरी गरी कमाएको पैसाले परिवार पाल्नुपर्छ । वादी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइदिन जिल्ला शिक्षा कार्यालय समक्ष उनले आग्रह गरिन् ।

प्रतिक्रिया