मोरङमा दुई जनाले गरे आत्महत्या, आत्महत्या गर्नेकी श्रीमती मृत अवस्थामा फेला
भद्रपुर, २ फागुन । मोरङमा आज बिहान फरक–फरक स्थानमा एक वृद्ध र एक महिलाले आत्महत्या गरेका छन् भने आत्महत्या गर्ने वृद्धकी श्रीमती पनि मृत अवस्थामा फेला परेकी छन् ।
सिसवनी जहदा–९ घर भएका ७० वर्षीय वृद्ध धनगौरी मण्डलले आफ्नै सालोको घरमा आज बिहान ६ः४५ बजे आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोरङको नोचा–३ बस्ने आफ्नै सालो नथुनी चौधरीको घरमा बस्दै आएका उनी सुतेको कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।
उनीसँगै सुतेकी ६० वर्षीया श्रीमती कोइलीदेवी पनि मृत अवस्थामा भेटिएकी छन् । उनले लामो समयदेखि विभिन्न रोगको औषधि लिइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारे पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, आज बिहान ८ः३० बजे मधुमल्ला–५ स्थित कालीझोडा सामुदायिक वनमा एक महिलाको शव झुन्डिएको अवस्थामा फेलापरेको छ ।
पहिचान खुल्न नसकेको अन्दाजी ३०–३५ वर्षकी ती महिलाले रुखमा पासो लगाई झुन्डिएको प्रहरीले जनाएको छ । रासस
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया