बारामा आन्दोलनकारी र प्रहरीबीच झडप
इनेप्लिज
२०७१ फागुन २ गते १३:५७ मा प्रकाशित
कलैया, २ फागुन । विभिन्न सरकारी कार्यालय बाराको कलैयाबाट सिमरा सार्ने निर्णयको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच आज झडप भएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड गर्न गएका आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले दर्जनौँ राउण्ड रवरको गोली प्रहार गर्दा दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
जिल्ला मालपोत, नापी, भूमिसुधार कार्यालय कलैयाबाट सिमरा सार्ने सरकारको निर्णयको विरोधमा केही दिनदेखि बारा उद्योग वाणिज्य सङ्घको अगुवाईमा लेखापढी व्यवसायी सङ्घ, किराना पसल व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ र केही राजनीतिक दलहरुले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका कारण कलैया बजार आज पनि बन्द र तनावको अवस्थामा रहेको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया