पोलेथिन झोला बिक्री गर्ने पाँच व्यापारीलाई जरिवाना
इनेप्लिज
२०७१ फागुन २ गते ४:०५ मा प्रकाशित
इलाम, २ फागुन । पोलेथिन झोलामुक्त इलाम नगरपालिकामा पोलेथिन झोला बिक्री वितरण तथा प्रयोग गर्ने पाँच व्यापारीलाई इलाम नगरपालिका कार्यालयले जरिवाना गरेको छ ।
पोलेथिन झोला प्रतिबन्धित भएको जानकारी हुँदाहुँदै अटेर गरेर बिक्री वितरण गर्ने व्यापारी मनोज मल्लिक, शेरबहादुर शिवा, विवि शाही, केशव कटुवाल र शैलेस बस्नेतलाई जनही रु दुई सयका दरले जरिवाना गरिएको हो ।
इलाम नगरपालिकाको नगर प्रहरी टोलीले पोलेथिन झोला बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरी तत्काल जरिवाना गरिएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनुभयो ।
इलाम नगरपालिका करिब पाँच वर्षअघि प्लास्टिक निषेधित क्षेत्र घोषित भएको थियो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया