बञ्चरो प्रहार गरी छोराको हत्या
इनेप्लिज
२०७१ फागुन १ गते १५:०५ मा प्रकाशित
इलाम, १ फागुन । इलामको बाँझोमा गएराति आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् ।
बाँझो–२ निवासी ५१ वर्षीय धनबहादुर राईले राति १३ः३० बजे २१ वर्षीय छोरा प्रदीप राईलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बाबु छोराबीच घरायसी कुरामा सामान्य विवाद भएको थियो ।
हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले आज दिउँसो पक्राउ गरी हिरासतमा राखेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया