शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १८:३९
वासिङटन डिसी 08:54

माओवादीको मेची–महाकाली अभियान सुरु

इनेप्लिज २०७१ फागुन १ गते १४:४१ मा प्रकाशित

spotlight-Mohan-Baidyaकाठमाडौँ, १ फागुन । नेकपा–माओवादीले सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारी गर्न आजदेखि मेची–महाकाली अभियानका सुरु गरेको छ ।

बिसौँ जनयुद्ध दिवसका अवसरमा आज बसन्तपुरबाट सुरु गरेको अभियानको माओवादी अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्दै अभियानले पार्टीलाई जनतासँग जोड्ने र आन्दोलनको तयारीमा सघाउ पुग्ने उद्देश्यसहित अभियान सुरु गरिएको बताउनुभयो ।

जनयुद्धको उद्देश्य पूरा नभएसम्म आफूहरुको आन्दोलन जारी रहने अध्यक्ष वैद्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । जनयुद्धको प्रतिबद्धता पूरा गर्न सबै क्रान्तिकारी शक्ति एक ठाउँमा आउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

उहाँले एमाओवादीको तयारीबारे द्विविधामा रहेको बताउँदै आन्दोलनमै जाने भए संविधानसभा छोडेर सडकमा आउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया