दुई नाल कटुवा पेस्तोल बरामद
इनेप्लिज
२०७१ फागुन १ गते १२:१४ मा प्रकाशित
लम्की, १ फागुन । कैलाली सशस्त्र प्रहरी उग्रतारा गण टीकापुरले दुई नाल कटुवा पेस्तोल बरामद गरेको छ ।
गणका गणपति लक्ष्मणबहादुर सिंहको कमान्डमा सादा पोसाकमा रहेको टोलीले कैलालीको भजनी–४ बदलापुरघाटबाट गएराति चेकजाँच गर्ने क्रममा पेस्तोल फेला पारेको हो । दुईजनाको समूहमा रहेका शङ्कास्पद व्यक्तिलाई टोलीले घाटनजिक चेकजाँच गर्दा प्रहरीमाथि आक्रमण गरी उनीहरु भागेको र उनीहरुले छाडेको झोलाबाट पेस्तोल फेला परेको गणपति सिंहले जानकारी दिनुभयो ।
आक्रमणकारीको चक्कु प्रहारबाट सशस्त्र प्रहरी जवान दीपेन्द्र चन्दको बायाँ हातमा चोट लागेको छ । आक्रमणकारी दुईजना रहेको र उनीहरुको हुलिया पहिचान भइसकेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया