ग्यास अभावले उपभोक्ता मर्कामा
गरुडा (रौतहट), १ फागुन । ग्यासको अभाव भएपछि यहाँ उपभोक्ता मर्कामा परेका छन् ।
ग्यासको अभाव भएपछि उपभोक्ता काम छाडी दिनभर लाइनमा उभिन बाध्य भएका छन् । गत असोजदेखि रौतहटमा ग्यास अभाव भएको छ । ग्यास नपाएपछि सर्वसाधारण मट्टितेल प्रयोग गर्न बाध्य भएका छन् । ग्यास विक्रेताले आफ्नो इष्टमित्र, आफन्तलाई ग्रहायता दिने भएकाले सर्वसाधारण मर्कामा परेका हुन् । ग्यास अभावले दाउरा र कोइलाको प्रयोग बढेर गएको छ ।
ग्यास अभावका कारण होटल व्यवसायी सबैभन्दा बढी मर्कामा परेका छन् । ग्यास विक्रेताले ग्यास लुकाउने गरेकाले कृतिम अभाव भएको पतौरा गम्हरिया निवासी पृथ्वी राय यादवको आरोप रहेको छ । ‘‘खुद्रा मूल्यमा बढी नाफा हुने भएकाले ग्यास लुकाउने गरेका छन्’’ उहाँले भन्नुभयो । गौरका ग्यास विक्रेताहरु ग्यास थोरैमात्रामा आउने गरेकाले उपभोक्तालाई मर्का परेको बताउँछन् । माग गरेअनुसार ग्यास कम्पनीले नदिएको आरोप उनीहरुको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया