अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका शाखाले गायिका तारा थापाको उपचार्थ खर्च जुटायो
फागुन १ ,डिसी
विजय थापा
नेदर ल्याण्डमा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको ५६ औ शाखा अमेरिकाले नेपालकि ख्याती प्राप्त गायिका तारा थापाको उपचारको लागि ५५ हजार रुपैया पठाएको छ l तारा थापा सिकिस्त बिरामी हुनु हुन्छ भने वहाको उपचार भै रहेको बताएका छन् l
नेपालकी वरिष्ठ गायिका मिरा राणा आज साँझ नेपाल प्रस्थान गर्नु अगाडी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका शाखाका सभापति आनन्दु लामा थिङ्ग मार्फत कलाकार समाजकि संरक्षक मिरा राणालाई उक्त रकम हस्तान्तरण गरिएको छ l
उक्त रकम पदाधिकारीहरुबाट संकलन गरिएको हो l उक्त हस्तान्तरणमा समाजका उपाधक्ष्य तथा ख्याती प्राप्त गायक मधु क्षेत्री लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ l
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ५६ औ शाखा अमेरिका भर्खर स्थापना भएता पनि मानवीय सेवा जस्तो ठुलो धर्म केहि हुदैन भन्ने लागेर धेरै आर्थिक सहयोग गर्न नसके पनि केहि सहयोग गर्न पाएकोमा हामी कलाकार हर्षित भएका छौ भनि सभापतिले बताए l
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया