कृषकलाई परिचयपत्र वितरण गर्ने
काठमाडौँ, २९ माघ । कृषि विकास मन्त्रालयले यही फागुनदेखि विभिन्न पाँच जिल्लाका कृषकलाई परिचयपत्र वितरण गर्ने भएको छ ।
कृषि मन्त्रालयबाट सो कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृती प्राप्त गरिसकेको मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
वास्तविक किसानको जग्गा जमिन तथा खेती गर्न क्षमताका आधारमा पहिचान गरी लगत राखिने र उनीहरूको बर्गीकरण गरी किसानलाई परिचयपत्र वितरण गरी बिऊ, विजन, मललगायत आवश्यक सहुलियत उपलब्ध गराइने छ ।
चालु आर्थिक वर्षमा नमुना कार्यक्रमका रुपमा धनकुटा, बारा, बागलुङ, बाँके र डडेल्धुराका कृषकलाई यो परिचयपत्र उपलब्ध गराइने छ । सो कार्यक्रमका लागि सम्वन्धित जिल्लाका कृषि विकास कार्यालयलाई निर्देशन दिइसकिएको र करिब रु ४० लाखको खर्च अनुमान गरिएको छ ।
सो कार्य सफल भएपछि देशका अन्य ७० जिल्लामा पनि परिचयपत्र वितरण कार्यलाई अघि बढाइने प्रवक्ता ठाकुरले बताउनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया