सोमबार, कार्तिक ३ २०७७
काठमाडौं २२:०४
वासिङटन डिसी 12:19

तीन सय बढी किलो सुपारी बरामद

इनेप्लिज २०७१ माघ २९ गते ११:०१ मा प्रकाशित

supariलहान, २९ माघ । प्रहरीको गस्ती टोलीले गएर राति सिरहाको लकडीगोठ–२बाट अवैध रुपमा भारत लाँदै गरेको अवस्थामा ठूलो परिमाणमा सुपारी बरामद गरेको छ ।

प्रहरी चौकी लकडीगोठबाट खटिएको गस्ती टोलीलाई देखेपछि सुपारी तस्कर उक्त सुपारी र सुपारी बोक्न प्रयोग गरिएका छ थान साइकलसमेत छाडी भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो ।

गाँजासहित युवक पक्राउ
गाँजासहित औरही–८ स्थित गागन खोलाको किनारमा प्रहरी चौकी औरहीबाट खटिएको टोलीले धनगढी ६ निवासी ५० वर्षीय भजन यादवलाई प्लास्टिकको बोरामा गाँजा राखी भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजासहित गए राति पक्राउ गरेको छ । यादवका साथबाट साढे तीन केजी गाँजा बरामद भएको जनाइएको छ ।

प्रतिक्रिया