विद्युत् महसुल तिर्ने बढे
वीरगन्ज, २९ माघ । पर्सा जिल्लाका सरकारी कार्यालयहरुले विद्युत् महसुलको बक्यौता रकम धमाधम तिर्न थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेपछि सरकारी कार्यालयहरुले बक्यौता धमाधम तिर्न थालेका हुन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुको कुल रु आठ करोड ८० लाख ४३ हजार विद्युत् महसुल बा“की बक्यौता रहेको वितरण केन्द्रले जनाएको छ ।
विद्युत् महसुल बा“की बक्यौता रहेका सरकारी कार्यालयहरुको लाइन काट्ने अभियान सुरु गरेपछि बाध्य भएर उनीहरु महसुल बुझाउन थालेका हुन् । लाइन काटिएपछि नारायणी उपक्षेत्रीय अस्पताल प्रसूति गृह र ठाकुरराम बहुमुखी क्याम्पसले रु १०÷१० लाख बा“की बक्यौता बुझाएको वितरण केन्द्रका प्रमुख नरेश पाण्डेले बताउनुभयो । बाकी रकम निश्चित अवधिमा किस्ताबन्दीमा तिर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हाललाई दुवै कार्यालयको विद्युत् लाइन जोडिएको उहाँले बताउनुभयो । “अस्पतालले रु ९२ लाख र क्याम्पसको रु २५ लाख विद्युत् महसुल बा“की बक्यौता थियो ।” उहाँले भन्नुभयो ।
स्थानीय प्रहरी प्रशासनको सहयोगमा विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेपछि उत्साहजनक रुपमा सकारात्मक प्रतिफल देखापर्न थालेको छ, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो ।’’ सरकारी कार्यालय र ग्रामीण क्षेत्रमा हुकिङ र मिटरबाट हुने विद्युत् चोरीलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
सबैभन्दा बढी वीरगन्ज उपमहानगरपालिका कार्यालयले विद्युत् महसुल तिर्न बाकी रहेको छ । सडक बत्तीबाहेकको अन्य मिटरबाट उपमहानगरपालिकालाई रु ९६ लाख विद्युत् महसुल बक्यौता तिर्न बा“की रहेको छ । सडक बत्तीको मात्र रु सात करोड ८४ लाख विद्युत् महसुल बक्यौता रहेको छ ।
केन्द्रका अनुसार, वीरगन्ज उपमहानगरपालिका कार्यालय भवनको रु २७ लाख ७२ हजार, सामुदायिक विकास भवनको रु १२ लाख ८० हजार, घडिअर्वा पोखरी परिसरको रु छ लाख ८७ हजार, स्विमिङ पुल परिसरको रु १६ लाख ६८ हजार, सभागृहको रु तीन लाख ५६ हजार, बसपार्कको रु २६ लाख ५४ हजार, बिर्ता बजारस्थित भवनको रु एक लाख ९३ हजार विद्युत् महसुल बक्यौता रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै आन्तरिक राजस्व कार्यालयको रु एक लाख २५ हजा तथा जिल्ला प्रशासन कार्यालयको करिब रु सात लाख विद्युत् महसुल तिर्न बाकी रहेको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया