बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०६:५८
वासिङटन डिसी 21:13

गरिब, विपन्न पन्चानब्बे घरधुरीलाई सोलार वितरण

इनेप्लिज २०७१ माघ २८ गते १:५९ मा प्रकाशित

SOLAR-ENERGYजाजरकोट, २८ माघ । सदरमुकामसँगै जोडिएर पनि अध्यारोमा बस्न बाध्य भएका रिसाङ्गका ९५ घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ ।

यहाँका गरिब तथा विपन्नस्तरका जनजाति र दलित ९५ घरधुरीलाई सोलार वितरण गरिएको हो । करुणा सेचन संस्थाको आर्थिक सहयोग मोडन फ्रलेवर प्रालि संस्थाको सहकार्य र जाजरकोटको कुसे लद्यु घरेलु साना उद्योग खलङ्गाको समन्वयमा सोलार वितरण गरिएको कुसे संस्थाका अध्यक्ष सिला नेपालीले बताउनुभयो ।

संस्थाले प्रतिघरलाई २० वाटको सोलार वितरण गरी जोडी दिएपछि स्थानीय खुसी भएका छन् । सधैँ बिहान बेलुका अर्काको काम गरेर खाने यहाँका जनजाति र दलितका घरमा सोलार बत्तीले झिलिमिली भएपछि खुसी भएको पविकला पुनले बताउनुभयो ।

घरबाटै नजिकै रहेको सदरमुकाममा झिलिमिली बत्ती बलेको देखेपनि सधैँ सल्लीको दियालोको भर आफूले घरमा उज्यालो गरेको सम्झँदै अर्की जगत दमाईं भन्नुहुन्छ “राती घरमा सल्लीको दियालो प्रयोग गर्दा घर जल्ने तथा बालबालिका पोलिने डर हुन्थ्यो त्यो अब हटेको छ, छोराछोरीले राम्रोसँग पढ्न पाउने भए ।”

यसैबीच जिल्लाको सक्ला गाविस– ८ मा गत साउन २८ गते बाढीपहिरोबाट खराबी आएको भित्री खोला जलविद्युत् आयोजना पूर्ण निर्माणपछि सञ्चालनमा आएको छ । पाँच किलोवाट क्षमता भएको यो विद्युत्बाट यहाँका ४२ घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया